Section 6
जग्गा प्राप्त गर्नेले पालन गर्नुपर्ने शर्तहरु
दफा ४ बमोजिम जग्गा प्राप्त गर्ने व्यक्तिले देहायको शर्तहरु पालन गर्नुपर्छ –
(क) सो जग्गाको तोकिएको मोल तोकिए बमोजिम एकैमुष्ट वा किस्तावन्दीमा तोकिएको समयमा तोकिएको कार्यालयमा नगदीमा बुझाउनु पर्छ । तर कसैले बुझाउनु पर्ने पुरै रकम वा किस्ताबन्दीमा तिर्नुपर्ने रकम एक वा सो भन्दा बढी किस्ताबन्दी रकम तोकिएको समय अगावै बुझाउन यस दफाले बाधा पु¥याएको मानिनेछैन ।
(ख) सो जग्गाको बुझाउनु पर्ने पूरा रकम भुक्तान नभएसम्म दफा ४ बमोजिम प्राप्त गरेको जग्गा बेचबिखन, दान दातव्य आदि कुनै किसिमले हक छाडी दिन र कृषि विकास बैंक वा किसानलाई ऋण दिने कानूनद्वारा स्थापित संस्था वा तोकिएको प्रशासनलाई बाहेक अरु व्यक्तिलाई धितोबन्धक राख्न हुँदैन ।
(ग) सो जग्गामा प्रचलित नेपाल कानून बमोजिम लाग्ने मालपोत सो जग्गा दर्ता गरेको सालदेखि नै तिर्नुपर्छ ।